महानगरले बालाजुको पेट्रोल पम्म सिल गरेकोबारे के भन्छ आयल निगम ?
काठमाडौं । नेपाल आयाल निगमसँग कुनै छलफल नै नगरी महानगरले बालाजुको कोतः धुकु पेट्रोल पम्प सिल गरेको निगमका अधिकारीले बताएका छन् ।
आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बालाजुको पेट्रोल पम्पको विषयमा केही जानकारी नभएको बताए ।
उनले भने, ‘बालाजुको कोतः धुकु पेट्रोल पम्प सिल भएको विषयमा निगमलाई केही थाहा छैन । महानगरले निगमसँग कुनै छलफल गरेको छैन ।’
नेपालमा पेट्रोलियम पदार्थ बिक्री र पम्प सञ्चालन गर्ने काम निगमले गर्दै आएको छ । भने, मापदण्डविपरीत भएको पम्पलाई पनि निगमले नै कारबाही गर्छ ।
‘मापदण्डविपरीत पम्प सञ्चालनमा भएको हामीलाई पनि थाहा छ । तर, नयाँ ठाउँमा पम्प सञ्चालन गर भनेर नयाँ ठाउँ दिन सकिने अवस्था छैन,’ निगम स्रोतले भन्यो ।
महानगरका प्रहरीले मापदण्डविना चलाएको भन्दै कोतः धुकु पेट्रोल पम्प सिल गरिसकेका छन् ।