यातायातमन्त्री ज्वाला र अक्सफोर्ट पोलिसी म्यानेजमेन्ट टिमबीच भेटवार्ता, पोलिसी मेकिङमा सहयोग गर्न आग्रह – Nepal Press

यातायातमन्त्री ज्वाला र अक्सफोर्ट पोलिसी म्यानेजमेन्ट टिमबीच भेटवार्ता, पोलिसी मेकिङमा सहयोग गर्न आग्रह

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र अक्सफोर्ट पोलिसी म्यानेजमेन्ट (ओपिएम) को समूह बीच भेटर्वार्ता भएको छ ।

बिहीबार सिंहदरवारमा मन्त्री ज्वाला र ओपिएमबीच पोलिसी म्यानेजमेन्टका बिषयमा कुराकानी भएको छ ।

नेपालको पूर्वाधार विकासमा कस्तो पोलिसी निर्माण गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको हो । अक्सपोर्ट पोलिसी म्यानेजमेन्टको टिमले विश्वका धेरै देशमा पोलिसी मेकिङमा सहयोग पनि गर्दै आएको छ ।

नेपालको पोलिसी मेकिङका बिषयमा उनीहरुले रुचि देखाएका छन् । मन्त्री ज्वालाले पोलिसी मेकिङमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *