आउट भए आसिफ, नेपाललाई तेस्रो झट्का – Nepal Press

आउट भए आसिफ, नेपाललाई तेस्रो झट्का

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भएका छन्।

यसअघि तुलनात्मक रुपमा कमजाेर मानिएको कतारविरुद्ध नेपालले ३.३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको  थियाे ।

ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए। नेपालको सुरुवाती दुवै विकेट कतारका गयान मुनवीराले लिएको हो । नेपालले १३ ओभर सकिँदा तीन विकेट गुमाएर ५८ रन जोडेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर