गुल्मीमा जीप दुर्घटनामा हुँदा एकजनाको मृत्यु – Nepal Press

गुल्मीमा जीप दुर्घटनामा हुँदा एकजनाको मृत्यु

रुपन्देही । गुल्मीको मालिकामा बुधबार राति भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार राती पौने १० बजेतिर मालिका गाउँपालिका वडा नं २ खल्टिङ खोलामा गुल्मीको दर्लिङबाट बाग्लुङ भिमगिठेतर्फ जाँदै गरेको लु १ च ९९११ न को डबल क्याप जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा सोही जिपका सहचालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले दुर्घटनामा परि जिपका सहचालक बाग्लुङ बडिगार्ड गाउँपालिका वडा नं ९ का १८ बर्षिय किशोर केसीको घटनास्थलमा नै मृत्यु भएको र चालक सोही स्थानका २१ बर्षीय प्रेमबहादुर केसी घाइते भएको जानकारी दिए।

घाइते केसिको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको पाण्डेले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *