बाँकेलाई दोस्रो प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिताको उपाधि – Nepal Press

बाँकेलाई दोस्रो प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिताको उपाधि

रूपन्देही । दोस्रो प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता २०८० को उपाधि बाँकेले चुमेको छ । बुटवलमा सम्पन्न प्रतियोगितामा बाँके ९ स्वर्ण, ७ रजत तथा १५ कास्य जित्दै दोस्रो पटक च्याम्पियन बनेको हो ।

प्रतियोगितामा कपिलवस्तुले ९ स्वर्ण, ६ रजत र ८ कास्य जित्दै दोस्रो तथा बर्दिया ८ स्वर्ण, ८ रजत र १० कास्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ ।

प्रदेश खेलकुद परिषदको आयोजना तथा रुपन्देही जिल्ला खेलकुद विकास समितिको आतिथ्यमा देबिनगर एन्फा एकेडेमी र हाटबजारस्थित कबड हलमा प्रतियोगिता सम्पन्न भएका थिए ।

मार्शल आर्टमा कराँते, तेक्वान्दो, एथ्लेटिक्स अन्तर्गत १ सय मिटरदेखि ४ सय मिटर दौड, रिले, कबड्डी, भलिबल, लङजम्प, हाईजम्प लगायत विधामा १२ जिल्लाका १ हजार ८० खेलाडीहरु र १ सय ५० अफिसियलहरु सहभागी रहेको रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले बताए ।

सम्पन्न प्रतियोगिताबाट ९४ जना खेलाडीहरु काठमाडौंमा हुने प्रतियोगिताको लागि छनौट भएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले बताए । राष्ट्रपति रनिङ शिल्डको राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई बिदाई गरिएको छ । बैशाख १५ देखि काठमाडौमा हुने प्रतियोगितामा उनीहरुले भाग लिनेछन् ।

एक समारोहका बीच विजयी, उपविजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, परिषदका सदस्य नरेन्द्र थापा, जिल्ला खेलकुदका भुपेन्द्र क्षेत्री ९हरि०, हरिबहादुर ओली तथा खेल पत्रकार स्वस्तिक श्रेष्ठ लगायतले शिल्ड, पदक र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगिताको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार उदघाटन गरेका थिए । प्रदेश सरकार र परिषदबीच विवादका कारण छनौट खेल ढिलाइ भएको थियो । परिषदले सरकारसँग समन्वय नगरेको सरकारी भनाई थियो भने अन्तिम समयमा बजेट रोकेको परिषदको दावी थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर