ओली सहभागी हुने कार्यक्रम सत्ता पक्षका कार्यकर्ताले बिथोल्न खोजेको एमालेको आरोप, अन्याय नसहने चेतावनी (भिडिओ) – Nepal Press

ओली सहभागी हुने कार्यक्रम सत्ता पक्षका कार्यकर्ताले बिथोल्न खोजेको एमालेको आरोप, अन्याय नसहने चेतावनी (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुन लागेको कार्यक्रम बिथोल्न खोजेकोप्रति एमालेले आपत्ति जनाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले पार्टी अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेकोप्रति आपत्ति जनाएको हो ।

बैठकमा प्रमुख सचेतक पदम गिरीले भने, ‘काठमाडौंबाट झापाको भद्रपुर विमानस्थल पुगिसकेको अवस्थामा त्यहाँबाट कार्यक्रमस्थल बुधबारेतर्फ जाने क्रममा कार्यक्रमस्थलमा पुग्नै लाग्दा त्यहाँभन्दा बाहिर बसेर हाम्रो पार्टीका अध्यक्षलाई होहाल्ला गर्ने, कार्यक्रम बिथोल्न वाञ्चित गतिविधि गर्ने शान्ति भंग गराउने काम भएका छन् ।’

उनले एमालेले लोकतन्त्र संस्थागत बनाएर शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने बताए । उनले सत्तापक्षकै कार्यकर्ता घुसपैठ भएर एमाले नेतृत्वमाथि ढुंगामुढाको प्रयास भएको बताए ।

मुलुकको शान्ति स्थापना गर्ने जिम्मा सत्तापक्षको भएको उल्लेख गर्दै उनले प्रतिपक्ष भएर अन्याय सहन नसक्ने चेतावनी दिए ।

प्रतिक्रिया

One thought on “ओली सहभागी हुने कार्यक्रम सत्ता पक्षका कार्यकर्ताले बिथोल्न खोजेको एमालेको आरोप, अन्याय नसहने चेतावनी (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर