उपनिर्वाचनको मनोवैज्ञानिक सन्देश महत्वपूर्ण : विष्णु रिमाल – Nepal Press

उपनिर्वाचनको मनोवैज्ञानिक सन्देश महत्वपूर्ण : विष्णु रिमाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले वैशाख १० गते सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनको अङ्कगणितीयमात्रै नभएर मनोवैज्ञानिक सन्देश पनि भएको बताएका छन् ।

तनहुँ र चितवनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यधिक मतान्तरले जितेपछि ठूला दलहरुलाई धक्का लागेको छ ।

उपमहासचिव रिमालले भनेका छन्, ‘उपनिर्वाचनको अङ्कगणितीयमात्र हैन, मनोवैज्ञानिक सन्देश पनि छ । अङ्कगणित, सत्ता समीकरणमा तात्विक फरक पार्ने खालको छैन । मनोवैज्ञानिक सन्देश भने महत्वपूर्ण छ ।’

ठूला पार्टी लक्षित सच्चिने शब्दको भाव अहिलेकोमा सुधार गर भन्ने भए पनि मनोवैज्ञानिक सन्देश ‘कार्यशैली सुधार गर’ भन्ने मात्र नभएको उनले टिप्पणी गरेका छन् ।

‘नयाँ ‘मार्केटिङ स्टन्ट’ पछ्याउ भन्ने पनि हैन । ‘अजेण्डा सेट गर, त्यसको ब्राण्डिङ गर र डेलिभरीको तरिका फेर’ भन्ने हो । मेरो बुझाइ सही हो भने यो मनोविज्ञानलाई आत्मसात गर्नुपर्छ’, उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर