अर्थमन्त्रालयको प्रवक्ताको जिम्मेवारी धनिराम शर्मालाई – Nepal Press

अर्थमन्त्रालयको प्रवक्ताको जिम्मेवारी धनिराम शर्मालाई

काठमाडौं । अर्थमन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव धनिराम शर्मालाई दिएको छ । बजेट महाशाखा प्रमुख रहेका धनिरामलाई महाशाखाविहीन बनाइएको थियो ।

बजेट महाशाखा प्रमुखमा उत्तर खत्रीलाई जिम्मेवारी दिएपछि शर्मा महाशाखाविहीन बनेका थिए । यसअघिका प्रवक्ता आनन्द काफ्लेलाई प्रशासन महाशाखामा तानेर उनको ठाउँमा शर्मालाई लगिएको छ ।

मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सामान्यतया योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखलाई दिइँदै आएको छ । यो महाशाखामा शर्मालाई ल्याइएपछि उनले प्रवक्ताको समेत जिम्मेवारी पाएका हुन् । शर्मा बजेटको मस्यौदा लेखन समितिमा रहेर बजेट लेखनमा सक्रिय छन् । अर्थमा ६ जना सहसचिवको टीमले बजेट लेखिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *