वातावरणसम्बन्धी ई-पेपरको प्रकाशन सुरु – Nepal Press

वातावरणसम्बन्धी ई-पेपरको प्रकाशन सुरु

काठमाडौं । कवि तथा लेखक वसन्त चौधरीले ‘सर्भेडप्लान्ट डटकम’ नामक वातावरणकेन्द्रित ई-पेपर सुरु गरेका छन् ।

अनलाइन पोर्टलमा होस्ट गरिएको इपेपरले वातावरण, पृथ्वी, जलवायु परिवर्तन, पानीको अभाव, खाद्य असुरक्षा र वन्यजन्तुका लेख तथा विश्लेषणलाई प्रकाशन गर्ने जनाइएको छ । चौधरीका अनुसार पोर्टलमा समेटिने लेख तथा विश्लेषणहरूमा विश्वव्यापी दृष्टिकोण पाइने बताइएका छन् ।

चौधरीको भनाई छ, ‘मैले सधैं आफ्नो लेखनबाट प्रेम, भ्रातृत्व र सद्भावको सन्देश फैलाउने प्रयास गरेको छु । ई-पेपरको उद्देश्य मानव जाति र माता पृथ्वी बीचको सुमधुर सम्बन्धलाई प्रवद्र्धन गर्ने छ । हाम्रा विचारहरू सरल र सरल भाषामा प्रस्तुत गरिनेछ जुन सबै उमेर र समूहहरूले सजिलै बुझ्नसक्ने हुनेछ । पृथ्वीको अस्तित्व र राम्रो स्वास्थ्यका लागि काम गर्नु सबैको दायित्व हो। पृथ्वी बाँचे भने मात्र हामी बाँच्नेछौं ।’

पृथ्वी दिवसमा लञ्च गरिएको, विस्तृत रूपमा चित्रित ई-पेपरले प्रत्येक पन्ध्र दिनमा यसको सामग्री अपडेट गर्ने, भविष्यमा थप सुविधा र सामग्रीको साथ यो डिजिटल प्लेटफर्मलाई चाँडो अपडेट गर्ने योजना समेत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *