राष्ट्रिय परिचयपत्र प्रकरणमा दुई अधिकारी मन्त्रालय तानिए – Nepal Press

राष्ट्रिय परिचयपत्र प्रकरणमा दुई अधिकारी मन्त्रालय तानिए

काठमाडौं । राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिने दुई अधिकारी छानबिनका लागि गृहमन्त्रालय तानिएका छन् ।

मोरङका सीडीओ तीर्थराज भट्टराई र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेश रेग्मी छानबिनका लागि तानिएका हुन् । राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिने निर्णयमा संलग्न तत्कालीन विभागका महानिर्देशक भट्टराई र अहिले पनि विभागमा सूचना प्रविधि शाखा प्रमुखसमेत रहेका निर्देशक रेग्मीलाई उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय तानेका हुन् ।

तत्कालीन उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको पालामा राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिने गरी गरेको निर्णय कानूनसम्मत नभएको भन्दै सरकारले निर्णय खारेज गरिसकेको छ ।

छानबिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेलको संयोजकत्वमा समिति बनेको छ । उक्त निर्णयमा तत्कालीन महानिर्देशकले भट्टराई र निर्देशक मुकेश रेग्मीको संलग्नता रहेको पाइएपछि मन्त्रालय तानेर छानबिन थालिएको गृह स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *