लुम्बिनीमा सरकार गठन गर्न आह्वान गर्ने तयारी – Nepal Press

लुम्बिनीमा सरकार गठन गर्न आह्वान गर्ने तयारी

रुपन्देही । गण्डकी प्रदेशमा संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको आह्वान भएसँगै लुम्बिनीमा पनि सोहीअनुसार आजै सरकार गठनको आह्वान गर्ने तयारी भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नै बजेट निर्माणको समय आइसकेकाले सकेसम्म छिटै सरकार बनाउने गरी अगाडि बढ्ने संकेत गरेका थिए । सोमबार नै एमालेले धारा ३ र विपक्षी ८ दलले २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि शेरचनले महान्यायाधिवक्ता कार्यालयमा लिखित राय मागेका थिए ।

प्रदेश प्रमुख कार्यालय स्रोतले मंगलबार नै धारा २ अनुसार सरकार गठनको आह्वान हुन सक्नेगरी तयारी भएको जनाएको छ ।

‘ठ्याक्कै निर्णय भएको त छैन । तर, सबैको रायअनुसार धारा २ अनुसार सकेसम्म मंगलबार नै सरकार गठनको आह्वान हुनसक्छ । छिटै सरकार बनाउने गरी समय तोकिनसक्छ । प्रदेश प्रमुखले बजेट निर्माणको समय भएकाले छिटो समय मिलाउने गरी तयारी गर्नुभएको छ’, स्रोतले भन्यो ।

धारा २ वा ३ प्रयोग गर्ने विषयमा अन्योलमा परिरहेका बेला गण्डकीमा धारा २ प्रयोग भएपछि लुम्बिनीका प्रदेश प्रमुखलाई सहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर