महानगरले डोजर लगाएर भत्कायो पुरानो बसपार्कको प्रहरी बिट (भिडिओ) – Nepal Press

महानगरले डोजर लगाएर भत्कायो पुरानो बसपार्कको प्रहरी बिट (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरले पुरानो बसपार्कमा रहेको प्रहरी बिट भत्काएको छ ।

सार्वजनिक जग्गा मिचेर बनाइएको अवैध संरचना हटाउने क्रममा महानगरले डोजर लगाएर संरचना भत्काएको हो । यसअघि मैतीदेवी चेकमा सडक मिचेर बनाइएको प्रहरी बिट पनि भत्काइएको थियो ।

अवैध रूपमा बनाइएका संरचना हटाउन महानगरले पटकपटक ताकेता गरिरहेको छ । अटेर गरेपछि महानगर आफैँले डोजर प्रयोग गरी त्यस्ता संरचना हटाउँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *