तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी – Nepal Press

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी

काठमाडौं । तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् ।आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेका हुन् ।

उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिए ।

यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका छन्।

निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त यो स्थानमा आइतबार निर्वाचन भएको थियो ।

कांग्रेसका  भट्टराईले अन्तिम मत परिमाण नआउँदै हार स्विकार गरेका थिए । यसअघि मंसिर  ४ काे चुनावमा कांग्रेसले जितकाे थियाे ।

प्रतिक्रिया

3 thoughts on “तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी

  1. धेरै राम्रो यसरीनै देशैभरी दक्क्ष्य व्यक्ती चून्न जरुरी छ

  2. यो निर्वाचन परिणामले केही नयाँ सन्देश दिएको छ। तनहुँमा नेकपा एमालेका कार्यकर्ताले पार्टीप्रतिको विस्वास प्रदर्शन गरेका छन्। धन्यवाद छ ।

  3. ल बधाइ छ स्वर्णिम ज्यु जन भावना अनुरुप काम गर्नु होला । भ्रष्ट चारि दलाल र देेश बेेचुवा हरुको जरैदेखि उखालेर फ्याक्नु होला गल्ति गरेको खण्डमा अाफ्नै पाटि का ब्याक्ति लाई पनि कडा भन्दा कडा कारबाहि गर््नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर