गन्तव्यतर्फ लाग्याे विमान, फ्लाई दुबई भन्छ- चरा ठाेकिएकाे थियाे – Nepal Press

गन्तव्यतर्फ लाग्याे विमान, फ्लाई दुबई भन्छ- चरा ठाेकिएकाे थियाे

काठमाडौं । काठमाडौंबाट १६७ यात्रुसहित उडेको फ्लाई  दुबईको विमान निर्धारित गन्तव्यतर्फ लागेको छ ।

विमानको एउटा इन्जिनमा समस्या आएको भएपनि पाइलटले सुरक्षित रुपमा उडानलाई निरन्तरता दिएका छन् । पाइलटले विमानलाई दिल्लीमा अवतरण गराउन सक्ने अनुमान गरिएको थियो ।

तर सो विमान दिल्लीको आकाशबाट पनि पार भएर दुबई तर्फ लागेको हो । यसैबीच दुबईले सो विमान बारे आधिकारिक सुचना दिएको छ । कम्पनीका प्रवक्ताले विमान उडेपछि चरा ठोक्किएको बताएका छन् । जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएको छ। विमान निर्धारित समयमा नै दुबईमा अवतरण हुने उनले जानकारी दिएका छन्।

फ्लाइ दुबईले काठमाडौंबाट दुबई उडेको जहाजमा चरा ठोक्किएको उल्लेख गरेको छ। दुबई मिडिया अफिसले फ्लाइ दुबई प्रबक्तालाई उधृत गर्दै यस्तो लेखेको छ। केही प्रक्रिया पुरा गरेर जहाज सुरक्षित रूपमा दुबईको स्थानीय समय अनुसार ००:१४ मा अवतरण हुने दुबई मिडियाले उल्लेख गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *