पाइलटले भने- जहाज सुरक्षित छ, दिल्लीमा ल्याण्ड गर्ने तयारी – Nepal Press

पाइलटले भने- जहाज सुरक्षित छ, दिल्लीमा ल्याण्ड गर्ने तयारी

काठमाडौं । फ्लाई दुबईका पाइलटले आफ्नो जहाज सुरक्षित रहेको बताएका छन् । त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई उनले सो जानकारी गराएका हुन् ।

उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आए पनि पाइलटले त्रिभुवन विमानस्थलमा आकश्मिक अवतरण गराएनन् । जहाजको इन्धन घटाउनुपर्ने भएकाले जहाज दिल्ली पुर्याउने तयारी गरेको अनुमान छ । जहाज भैरहवाबाट पार भइसकेको छ ।

जहाजकाे एउटा इन्जिनमा लागेकाे आगाे निभाइसकिएकाे छ । उक्त इन्जिन बन्द भए पनि अर्काे इन्जिनकाे सहायताले जहाज उडाउन सकिन्छ । पाइलटले अहिले सिंगल इन्जिनमा जहाज उडाइरहेका छन् । विज्ञहरूका अनुसार कुनै पनि जहाज उडेर उचाईमा पुगिसकेपछि तत्काल अवतरण सहज हुँदैन ।

जहाजमा रहेकाे वजन र स्पिड नियन्त्रित हुनुपर्छ । वजन कम गर्न जहाजमा रहेकाे इन्धन घटाउनुपर्ने भएकाले भारततिर लगिएकाे हुनुपर्ने अनुमान छ । विमानस्थलका एक अधिकारीले भने,’जहाज दुर्घटनाकाे खतरा भए त्रिभुवन विमानस्थलमा नै अवतरण गराउने थिए, खतरा टरेकाे भएर भारततिर लगिएकाे हुनसक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *