जहाज भैरहवा कट्यो, त्रिभुवन विमानस्थलमा ल्याण्ड नहुने – Nepal Press

जहाज भैरहवा कट्यो, त्रिभुवन विमानस्थलमा ल्याण्ड नहुने

काठमाडौं । फ्लाइ दुबइको जहाज भैरहवा पुगेको छ । त्रिभुवन विमानस्थलमा आकस्मिक ल्यान्ड नहुने भएको छ ।काठमाडाैंबाट दुबईका लागि उडेकाे फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको  थियाे ।

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ दुबईको विमानमा समस्या देखिएको
जानकारी आएको  बताए । जहाजमा १६७ यात्रु रहेका छन् ।

उता क्यानका प्रवक्ता ज्ञानेन्द्र भुलले पनि देब्रै इन्जिनमा आगो लागेको विमानको अवस्थ सामान्य हुँदै गएको भन्दै गन्तव्यतर्फ गएकाे जानकारी दिएका छन् ।

सचिवालयका अनुसार जहाज नेपालगञ्जकाे आकाशबाट केहीबेरअघि गन्तव्यतर्फ उडान गरिरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *