सन्दीपकाे विश्व कीर्तिमानमा नेपाली क्रिकेट टीमको सेलिब्रेसन (तस्विरहरु) – Nepal Press

सन्दीपकाे विश्व कीर्तिमानमा नेपाली क्रिकेट टीमको सेलिब्रेसन (तस्विरहरु)

क्यानले दियो टोकन अफ लभ

काठमाडौं । सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा छिटो १०० विकेटको विश्व कीर्तिमान राखेकोमा नेपाली क्रिकेट टीमले सेलिब्रेसन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई ‘टोकन अफ लभ’ समेत प्रदान गर्‍यो ।

नेपाली राष्ट्रिय क्रिकेट टीमका सबै खेलाडीहरुको उपस्थितिमा क्यानले कार्यक्रम आयोजना गरेको हो । सन्दीपले ‘फास्टेस्ट १०० विकेट’ लेखिएको केक काटेका थिए । टीमका सदस्यहरुले ताली बजाएर उनलाई बधाई दिए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहित अफिसियलहरुको पनि कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा सन्दीपले संक्षिप्त सम्बाेधन गर्दै आभार प्रकट गरे । बाेल्दै गर्दा उनकाे आँखामा आँसु छचल्किएकाे थियाे ।

नेपाल र ओमानबीच दुई दिनअघि त्रिवि मैदानमा भएको खेलमा सन्दीपले आफ्नो १०० एक दिवसीय विकेट पुर्‍याएका थिए । उनले ४२ म्याचमै सय विकेट लिएका हुन् । सन्दीपले सबैभन्दा कम म्याचमा सय विकेट लिने विश्व कीर्तिमान कायम गरेका छन् ।

यसअघि रासिद खानको नाममा सो कीर्तिमान थियो । खानले ४४ म्याचमा १०० विकेट लिएका थिए ।

तस्विरहरु: नेपाल क्रिकेट संघ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर