एसीसी प्रिमियर कप : वर्षाका कारण खेल रद्द, नेपाल सेमिफाइनलमा – Nepal Press

एसीसी प्रिमियर कप : वर्षाका कारण खेल रद्द, नेपाल सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएको छ । दुई टीमले १-१ अंक बाँडेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

समूह ए को शीर्ष स्थानमा रहेको नेपालले दुई खेल र एक बराबरीसहित ५ अंक बटुल्दै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब अन्तिम खेल कतारसँग खेल्न बाँकी छ ।

समूह विजेता को हुने भने चाहीँ अन्तिम खेलले निर्धारण गर्नेछ । नेपालले कतारसँग जित हासिल गरेको खण्डमा समूह विजेता भएर अर्को समूहको उपविजेतासँग सेमिफाइनल खेल्नेछ । यदि नेपालले सो खेल हार्‍यो र दोस्रो स्थानमा रहेको ओमानले साउदीअरबसँगको अन्तिम खेल जित्यो भने नेपाल उपविजेता बन्नेछ र अर्को समूहको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

यो पनि पढ्नुस् : वर्षाका कारण नेपाल-साउदी अरबको खेल नहुने सम्भावना, अंक बाँड्दा के हुन्छ समीकरण ?

आज बिहानैदेखिको वर्षाका कारण टस हुन सकेको थिएन । दिउँसो २ बजेसम्म टस भए खेल सम्भव हुने भए पनि वर्षा रोकिने छाँट नदेखिएपछि खेल स्थगित गरिएको हो । नेपालको खेल हेर्न मैदानमा आएका दर्शकहरू निराश भएर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर