मतान्तर बढाउँदै स्वर्णिम निरन्तर अगाडि, गोविन्द र सर्वेन्द्रको कति ? – Nepal Press
तनहुँ-१

मतान्तर बढाउँदै स्वर्णिम निरन्तर अगाडि, गोविन्द र सर्वेन्द्रको कति ?

काठमाडौं । आइतबार सम्पन्न उपचुनावअन्तर्गत तनहुँ १ मा गणना जारी छ । १३०६५ मत गनिसक्दा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । दोब्बरभन्दा बढी मतले अगाडि रहेका वाग्लेले ७२९३ मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत प्राप्त गरेका छन् । एमालेका सर्वेन्द्र खनाल २१३४ मत ल्याएर तेस्रो स्थानमा छन् ।

हालसम्म भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको गरी जम्मा ८ वटा वडाको गणना सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर