चितवन २ : ८ बजे सर्वदलीय बैठकपछि मात्र गणनाबारे टुंगो – Nepal Press

चितवन २ : ८ बजे सर्वदलीय बैठकपछि मात्र गणनाबारे टुंगो

काठमाडौं । चितवन २ मा मतगणना सुरू गर्न बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । गएराति नै बैठक बस्न खोजिएकोमा कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन अडान राखेको थियो ।

कांग्रेस सभापति राजेश्वर खनालले रास्वपा उम्मेदवार रवि लामिछाने र चितवनका सीडीओविरुद्ध दिएको उजुरीको कारबाही टुंगो नलगाएसम्म मतगणना हुन नदिने बताएका छन् ।

बिहान मतगणनास्थलमा सर्वदलीय बैठक राखेर सहमतिमा पुगी गणना थाल्ने आयोगको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर