बारा २ मा यसकारण हुन सकेन अझै गणना – Nepal Press

बारा २ मा यसकारण हुन सकेन अझै गणना

बारा । आइतबार भएको उपचुनावअन्तर्गत बारा २ मा मतगणना सुरू गर्न बिहान सर्वदलीय बैठक डाकिएको छ । गएराति नै बैठक बस्ने तय भएकोमा हावाहुरीका कारण बैठक बस्न सकेन । अहिले बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बैठकमा सर्वदलीय सहमति जुटाएर बिहान ९/१० बजेबाट गणना थाल्ने आयोगको तयारी छ ।

यहाँ गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल, रास्वपाबाट रमेश खरेल र जनमतबाट शिवचन्द्र कुशवाहा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर