संकटालाई हराउँदै थ्रि स्टार दोस्रो स्थानमा उक्लियो, शेर्पा र सातदोबाटोले अंक बाँडे – Nepal Press

संकटालाई हराउँदै थ्रि स्टार दोस्रो स्थानमा उक्लियो, शेर्पा र सातदोबाटोले अंक बाँडे

काठमाडौं । अजयी मार्टिन्सको दुई गोल प्रेरित जारी थ्रि स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्ल्बलाई ३–० गोलको नतिजामा पराजित गरेको छ ।

त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्रि स्टारलाई जित दिलाउन मार्टिन्सले दुई गोल गरे भने, सन्तोष साउखलले एक गोल गरे ।

खेलको ४२औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्रि स्टारलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको थ्रि स्टारले दोस्रो हाफमा पनि संकटामाथि निरन्तर आक्रमण गरेको थियो ।

मार्टिन्सले ४६औं मिनेटमा व्यक्तिगत दोस्रो गाल गर्दै थ्रि स्टाको अग्रता दोब्बर पारेका थिए । त्यसको तीन मिनेट नबित्दै मार्टिन्सले ह्याट्रिक गर्ने अबसर खेर फाले । पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा उनी ह्याट्रिक गर्न चुकेका थिए ।

त्यसपछि इन्जुरी समयमा सन्तोषले गरेको गोलसँगै थ्रि स्टारले ३–० को जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै थ्रि स्टारले ११ खेलमा ६ जित ३ बारबरी र २ हारको नतिजासहित २१ अंक जोडेको छ । जुन शिर्ष स्थानको जावलाखेल भन्दा २ अंक कम हो ।

यस्तै, च्यासल रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

शेर्पाका लागि निशाल लिम्बु र सुसिल राईले गोल गर्दा सातदोबाटोका लागि दिपक राजसिंह ठकुरीले दुई गोल गरे ।

बराबरीसँगै सातदोबाटो ११ खेलमा १८ अंकसहित चौथो स्थानमा छ । भने, शेर्पा समान खेलमा १० अंकसहित रेलिगेशन जोनमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर