चितवन २ मा करिब ६३ प्रतिशत मतदान, मंसिर ४ को भन्दा कतिले कमी ?
नेपाल प्रेस
२०८० वैशाख १० गते १९:१७
काठमाडौं । चितवन २ मा भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको छ ।
निर्वाचन आयोगले दिएको अन्तिम तथ्यांकअनुसार आज भएको मतदानमा ६२.७७ प्रतिशत मत खसेको हो ।
जुन मंसिर ४ मा भएको निर्वाचनको भन्दा करिब ४ प्रतिशत कम हो । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने, सत्तारुढ गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपानेलगायत उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया