एक दिनमै अन्त्य भयो गण्डकीमा चालू अधिवेशन – Nepal Press

एक दिनमै अन्त्य भयो गण्डकीमा चालू अधिवेशन

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुखले प्रदेश सभाको चालू अधिवेशन शनिबार राति १२ बजेदेखि अन्त्य गरेका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन वैशाख ९ गते राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले प्रेस विज्ञप्तिमा जारी गर्दै जानकारी गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर