विप्लवको दाबी- भ्रष्टाचारको छानबिन गरे सबै नेता पालैपालो जेल जान्छन् – Nepal Press

विप्लवको दाबी- भ्रष्टाचारको छानबिन गरे सबै नेता पालैपालो जेल जान्छन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो भन्ने खालको मानक बनेको टिप्पणी गरेका छन् ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै भ्रष्टाचारको छानविन गर्ने सबै नेताहरु जेल जाने उनको भनाइ छ ।

उनले भने, ‘०६४/०६५ पछि म के देख्छु भने हरेक संगठनको दृष्टिकोण भनेको आर्थिकमा गएर जोडियो। नेपालका प्रायजसो ट्रेड युनियनहरू या संगठनहरू नेता बन्नु भनेको पैसा कमाउनु हो भन्ने बन्यो । त्यो विद्यार्थीहरूको दोष होइन पार्टीको दोष हो ।’

आफ्नो पार्टीमा भ्रष्टाचार नभएको दाबी गर्दै देशको सबैभन्दा ठुलो समस्या नै भ्रष्टाचार भएको बताए ।

‘मैले आरोप लगाएको होइन नेपालका मान्छेहरू यदी छानविन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन् ? सबै जान्छन् नि पालोपालो’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर