आचारसंहिता उल्लंघनमा रवि लामिछाने र चितवनका सीडीओलाई कारबाही गर्न कांग्रेसको उजुरी – Nepal Press

आचारसंहिता उल्लंघनमा रवि लामिछाने र चितवनका सीडीओलाई कारबाही गर्न कांग्रेसको उजुरी

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्दै मतदातालाई प्रभावित पारेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष उजुरी दिएको छ । उक्त घटनामा प्रशासनले पनि एकपक्षीय ढंगबाट मतदाता र प्रतिनिधिमाथि लाठी चार्ज गरेर भयभित बनाएको आरोपसहित चितवनका सीडीओमाथि पनि कारबाहीको माग गरिएको छ ।

गठबन्धनबाट कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले आयोगसमक्ष उजुरी दिएका हुन् ।

मतदान प्रक्रिया चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मत मागेको अडिओ/भिडिओ सार्वजनिक भएको, आचारसंहिताविपरीत विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्ने/गराउने गरी मतदातालाई प्रभावित पारेको उजुरीमा उल्लेख छ ।

नयाँ किरण मावि भोजाड मतदानस्थलमा असहज परिस्थितिपछि बसेको सर्वदलीय बैठकमा समेत रास्वपा र रास्वपाका उम्मेदवारले आचारसंहिताको उल्लंघन गरेको स्वीकार गरेकाले कारबाहीको सिफारिस गर्ने निर्णय भएको उजुरीमा स्मरण गराइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *