तिब्बतीलाई नेपाली नागरिकता प्रकरण : ४ जना कारागार चलान, ३ जनासँग ३/३ लाख रुपैयाँ धरौटी – Nepal Press

तिब्बतीलाई नेपाली नागरिकता प्रकरण : ४ जना कारागार चलान, ३ जनासँग ३/३ लाख रुपैयाँ धरौटी

काठमाडौं । तिब्बतीले नेपाली नागरिकता लिएको र दिलाउने घटनामा चारजना कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले केही दिनअघि थुनछेक आदेश गर्दै बाँकी तीन जनासँग ३/३ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।

कारागार चलान हुनेमा कृष्णबहादुर कटुवाल, लोप्साङ थिन्ले, निमा ल्हामु र हिरालाल सिवाकोटीलाई कारागार पठाउने आदेश भएको काठमाडौं प्रहरीका प्रवक्ता सिताराम रिजालले जानकारी दिए । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्धा दायर भएको थियो ।

नक्कली बाबु बनाइएका न्युल्केश श्रेष्ठलाई भने धरौटीमा छाडिएको छ । गिरोहले न्युल्केशका नाममा नक्कली नागरिकता बनाएर सोही नागरिकताका आधारमा गिरोहले तिब्बतीयनलाई नेपाली नागरिकता दिलाएको अनुसन्धानबाट खुलेको थियो । न्युल्केशलाई नक्कली बाबु बनाएर कम्तिमा ४ जना तिब्बतीयनलाई नेपाली नागरिकता जारी भएको दावी गरिएको थियो । त्यसमध्ये पक्राउ परेका दुवै तिब्बतीयन कारागार चलान भएका छन् ।

ती नागरिकतामा हस्ताक्षर गर्ने काठमाडौं जिल्ला प्रशासनका प्रशासकीय अधिकृतलाई भने प्रहरीले सोधपुछ मात्र गरेर छाडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *