उपचुनाव: मध्यान्हसम्म कहाँ कति भोट खस्यो ? – Nepal Press

उपचुनाव: मध्यान्हसम्म कहाँ कति भोट खस्यो ?

काठमाडौं । उपनिर्वाचन भइरहेको ३ क्षेत्रमा मतदान जारी रहेको छ । बारा २ मा ३८ प्रतिशत, चितवन २ मा ३५ प्रतिशत र तनहुँ १ मा ३१ प्रतिशत  मत खसेको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय चिनवनका अनुसार मध्यान्ह १२ बजेसम्म चितवन क्षेत्र नम्बर दुईमा १ लाख २४ हजार ६ सय ९५ मतदातामध्ये ४४ हजार २ सय १३ अर्थात ३५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार १ लाख ५ हजार २ सय ४८ मतदातामध्ये केही बेर अघिसम्म ३८ प्रतिशत अर्थात ४० हजार मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार केहि बेर अघिसम्म १ लाख २३ हजार ३ सय ५ मतदातामध्ये ३८ हजार ७ सय ७० अर्थात ३१ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ वटै जिल्लामा बिहान ७ बजेबाट मतदान सुरू भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर