क्षितिजले सम्हाले युवा संघ अध्यक्षको जिम्मेवारी, आर्थिक क्रान्तिका लागि युवा परिचालनको प्रतिबद्धता (तस्बिरहरू) – Nepal Press

क्षितिजले सम्हाले युवा संघ अध्यक्षको जिम्मेवारी, आर्थिक क्रान्तिका लागि युवा परिचालनको प्रतिबद्धता (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेले पदभार ग्रहण गरेका छन् । युवा संघको नेपालगञ्जमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबेले पदभार ग्रहण गर्दै युवा आन्दोलनलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।

उनले भने, ‘नेपालका युवाहरूलाई कसरी हुन्छ अब राष्ट्र निर्माणमा अगाडि बढ्न जरुरी छ । एकमात्रै जिउँदो संगठन र सामाजिक न्याय र सुशासनको सदाबहादर उभिने सगठन युवा संघ नै हो ।’

युवा संघले युवा उद्यमीको पक्षमा लाग्ने उनले बताए । राजनीतिक परिवर्तनसँगै अब आर्थिक परिवर्तनको लागि पनि युवा संघ लाग्नुपर्ने भन्दै थेबेले युवाहरूको समृद्धि नभइ देशको विकास नहुने उनको भनाइ छ ।

गठबन्धन सरकारले चेतना गुमाइसकेको भएकाले सुशासन र राष्ट्रियता कायम गरेर युवाहरूलाई आर्थिक क्रान्तिमा अगाडि बढाउन आवश्यक भएको उनको भनाई थियो ।

कार्यक्रममा युवा संघका पूर्वअध्यक्ष तथा एमाले नेता महेश बस्नेत, किरण पौडेललगायत नेताहरूको उपस्थिति थियो ।

तस्बिरहरू : उमेश कार्की । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर