महेश बस्नेतको दाबी- रास्वपाका अधिकांश सांसद युवा संघ र एमालेको स्कुलिङबाटै आएका छन् – Nepal Press

महेश बस्नेतको दाबी- रास्वपाका अधिकांश सांसद युवा संघ र एमालेको स्कुलिङबाटै आएका छन्

प्रचण्ड राजनीतिक 'वेश्या' भएको आरोप

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपाको अधिकांश सांसदहरू युवा संघ र एमालेको स्कुलिङबाट आएकाहरू भएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ पार्टीहरूमा पनि युवा संघका नेताहरू सांसद बनेका बताए ।

उनले अहिले एमालेमा कुनै गुट नभएको जिकिर गर्दै ओलीको लक्ष्य र उद्देश्य पूरा गर्न आफूहरू समाहित भएर लाग्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले राजनीतिक समीकरण फेरेर राजनीतिक वेश्यावृत्ति गरेको आपोप लगाए ।

उनले भने, ‘प्रचण्ड कमरेडले तनहुँ र चितवनलगायतको ठाउँमा बोल्नुभएको थियो । हामी एमालेसँग सहकार्य गरिरहेका थियौं मेरो ध्यान चाहिँ देउवासँग थियो । देउवासँग मेरो डिप लभ परेको थियो भन्नुको मतलब त्यसलाई राजनीतिक वेश्याको उपमा दिन सकिन्छ । राजनीतिक वेश्वावृत्ति गर्ने प्रचण्ड प्रवृत्तिविरुद्ध राष्ट्रिय युवा सँग लाग्छ ।’

उनले एमालेलाई बलियो र एक्लै बहुमत आउने पार्टी बनाउन लाग्न निर्देशनसमेत दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर