पञ्जाबबाट पक्राउ परेका अमृत सिंहलाई असमको डिब्रुगढ जेलमा लगियो – Nepal Press

पञ्जाबबाट पक्राउ परेका अमृत सिंहलाई असमको डिब्रुगढ जेलमा लगियो

काठमाडौं । पञ्जाबको मोगाबाट पक्राउ परेका अमृतपाल सिंहलाई असमको डिब्रुगढ लगिएको छ । असमको डिब्रुगढ जेलमा हिस्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक सिंहलाई पञ्जाब प्रहरीले आज बिहान पञ्जाबको मोगाको रोडे गाउँबाट पक्राउ गरेको थियो । प्रहरीले गत चैत १८ गतेदेखि अमृतपाल सिंहको खोजी गरिरहेको थियो ।

पुलिस स्रोतहरूका अनुसार खालिस्तान समर्थक नेतालाई असमको डिब्रुगढ जेलमा सारिएको छ जहाँ उनको संगठनका अन्य सदस्यहरू पहिले नै राखिएका छन्।

अमृतपाल सिंहलाई राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत पक्राउ गरिएको हो । पञ्जाब प्रहरी र राष्ट्रिय गुप्तचर निकायको संयुक्त प्रयासमा पक्राउ गरिएको हो ।

असमको डिब्रुगढ जेलमा अझै ८ जना बन्दी छन् । यी मानिसहरूमाथि एनएसए लगाइएको छ। अमृतपाल सिंह विरुद्ध एनएसएसहित १६ मुद्दा दर्ता छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *