बारा- २ उपनिर्वाचन: मतदान सुरु, मतदातालाई कडा चेकजाँच – Nepal Press

बारा- २ उपनिर्वाचन: मतदान सुरु, मतदातालाई कडा चेकजाँच

जकपुरधाम । उपनिर्वाचन हुन लागेको मधेस प्रदेशको बारा क्षेत्र नम्वर २ मा पनि मतदान सुरु भएको छ ।

मतदान केन्द्रहरुमा मतदाताको लाइन देखिएको छ । यस क्षेत्रमा १ लाख ५ हजार ११ मतदाता छन् । मतदानका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र तोकिएको छ । सुरक्षाकर्मीले मतदाताको शरिर तलासी लिएर मात्र मतदान केन्द्रमा प्रवेश गर्न दिने गरेको छ ।

उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रीय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत ११ दल र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् ।

निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित छन् । नेपाल- भारत ६५ किलोमिटर सीमानाका सील गरिएको छ । जिल्लाभर प्रवेश गर्ने र बाहिरिने सम्पूर्ण नाका, मुख्य सडक, पूर्वपश्चिम राजमार्ग, सहायक राजमार्ग, पथलैया(वीरगन्ज सडकलगायतमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यस्तै पूर्व-पश्चिम राजमार्ग र पथलैया–वीरगन्ज राजमार्गमा द्रुतगति ९लामो दूरी०का बाहेक अरू सवारीसाधन समेत बन्द गरिएको छ ।

यस क्षेत्रबाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको छ । सप्तरी २ बाट पराजित जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीबाट कुशवाहा भिडेपछि निर्वाचन रोचक देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर