प्रधानमन्त्रीको गुनासो- जनताले एजेण्डा हेरेनन्, सेन्टिमेन्ट हेर्दा समाजमा अराजकता बढ्याे (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको गुनासो- जनताले एजेण्डा हेरेनन्, सेन्टिमेन्ट हेर्दा समाजमा अराजकता बढ्याे (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनमा मात्रै नभएर देशमा राजनीतिक विचलन छाएको बताएका छन्। नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्दै विचलनतिर राजनीतिक जाने खतरा पैदा भएको बताए।

उनले भने, ‘अहिले भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मुल्य, मान्यता र आर्दशलाई भन्दा मान्छे सेन्टिमेन्ट, भावना र आवेग वा अराजकतलाई प्रश्रय दिने प्रवृत्ति देखिन्छ। यस्तो बेलामा बौद्धिक जगतबाट वैचारिक बहस चलाउन जरुरी छ। कहि न कहिँ लामो संघर्षबाट आएको नेताहरुमाथि धेरै तल उत्रिएर गाली गरेको देख्ने गरिन्छ।’

समाजिक सञ्जालले क्षणिक आवेगमा ल्याएर समाजलाई अराजकतातिर लगिरहेको बताए। उनले अहिले आफूहरुले कम्युनिष्ट पार्टीबीच मोर्चाबन्दीको प्रयास अगाडि बढिरहेको बताए। विचार मिल्नेसँग समाजवादी मोर्चा बनाएर पार्टी एकता गर्नेगरि अगाडि बढिरहेको बताए।

उनले यो निर्वाचन प्रणालीबाटै कसैको बहुमत नआउने भएकाले गठबन्धन संस्कृतिको विकार गरेको बताए। यही गठबन्धनलाई पाँच बर्षसम्म जोगाएर अघि बढ्ने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर