माधव नेपालले भने- एमाले पनि मैले नै बनाएको पार्टी हो (भिडिओ) – Nepal Press

माधव नेपालले भने- एमाले पनि मैले नै बनाएको पार्टी हो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देश निर्माणका लागि समाजवादी मोर्चा बनाएर जानुपर्ने बताएका छन्।
नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्र्दै वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने बताए।

उनले भने, ‘जतिबेला हामीले मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको विचार अगाडि सारेका थियौं। त्यसबेलामा हामीले कम्युनिष्ट पार्टीहरुबीच सहकार्य गर्नुपर्छ भन्ने मान्यता बोकेका थियौं। त्यो अहिले यथार्य भएछ। हामी मात्रै शुद्ध कम्युनिष्ट पार्टी भनौं माओवादी केन्द्र छ। माओवादी मात्रै भनौं फेरि उता नेकपा एमाले छ। जुन पार्टी मैले नै बनाएको हो। हामीले नै बनाएको हो।’

उनले देश र जनताको पक्षमा काम गर्दै एकताबद्ध बनाएर जानुपर्ने जिम्मेवारी अहिले आफूहरुको काँधमा आएको बताए। उनले कम्युनिष्ट पार्टीको सरकार कतिपयलाई नपचेकाले अहिले षड्यन्त्र भइरहेको बताए। गठबन्धनको सरकारलाई पाँच बर्ष टिकाएर जनताको काम गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

One thought on “माधव नेपालले भने- एमाले पनि मैले नै बनाएको पार्टी हो (भिडिओ)

  1. नेकपा एमालेमा माधवकुमार नेपाल पनि हुनुहुन्थ्यो तर बनाउने कुरा तत्कालीन कोडिनेशन कमिटी र समग्र माले पार्टीका सदस्य समर्थक लगायत आम जनताले बनाएको हो यति त हेक्का होला नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर