कञ्चनपुरमा बाघले लग्यो महिला, प्रहरीमाथि स्थानीयद्वारा ढुंगा प्रहार – Nepal Press

कञ्चनपुरमा बाघले लग्यो महिला, प्रहरीमाथि स्थानीयद्वारा ढुंगा प्रहार

कैलाली । कञ्चनपुरमा घाँस काट्न गएकी एक महिलालाई बाघले लगेपछि प्रहरीले गोली चलाएको छ । जिल्लाको बेलौरी नगरपालिका– ८ स्थित पछुइको खप्टीनालमा घाँस काट्न गएकी ४२ वर्षीया गङ्गा चन्दलाई बाघले लगेको थियो ।

महिलालाई बाघले लगेको देखेपछि बचाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले ७ राउन्ड फायर गरेका थिए । अहिलेसम्म महिलाको अवस्था अज्ञात रहेको र उद्धारको प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीले जानकारी दिए ।

बाघलाई नियन्त्रणमा नलिएको भन्दै स्थानीय बासिन्दा आक्रोशित छन् । आक्रोशित स्थानीयले ढुङ्गा प्रहारबाट इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायब निरीक्षक सई चन्द्र खडायत घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *