विष्फोटक कुशल मल्लको कीर्तिमानी शतक – Nepal Press

विष्फोटक कुशल मल्लको कीर्तिमानी शतक

काठमाडौं । ओमानविरुद्ध नेपालका ब्याट्सम्यान कुशल मल्ले विष्फोटक शतक बनाएका छन् । उनले केवल ५९ बलमा आफ्नो शतक पुरा गरे । कुनै पनि नेपाली ब्याट्सम्यानले बनाएको यो सर्वाधिक छिटो सतक हो ।

५९ औं बलमा छक्का प्रहार गर्दै कुशलले शतक पुरा गरे । उनी ओडीआईमा सबैभन्दा छिटो शतक बनाउने नेपाली ब्याटर बने ।

यसअघि, कप्तान रोहितले ९१ बलमा शतक बनाएको कीर्तिमानलाई तोड्दै कुशलले ५९ बलमा समान ९ चौका र छक्काको मद्दतमा शतक पुरा गरे ।

एक दिवसीयमा सतक प्रहार गर्ने कुशल नेपालका छैटाै‌ं ब्याट्सम्यान हुन् । उनीअघि पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि शतक हानेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर