सुनको भाउ बढ्यो, चाँदीको स्थिर – Nepal Press

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको भाउ बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा ४ सय रूपैयाँले बढेर प्रतितोला १ लाख १० हजार २ सय रूपैयाँ कायम भएको छ ।

बिहीबार प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य स्थिर रहँदै हिजोकै जति प्रतितोला १ हजार ४ सय ४५ रूपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *