सेनामा ४५ सयलाई जागिरको अवसर – Nepal Press

सेनामा ४५ सयलाई जागिरको अवसर

खुल्ला र समावेशीतर्फ कति-कति (सूचीसहित)

काठमाडौं । नेपाली सेनामा जागिर खुलेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालयले आज गरेको विज्ञापन अनुसार सैन्य पदका लागि ४५ सयजनाका लागि जागिर खुलाएको हो ।

सैनिक तालिम वा कर्तव्य पालनाको क्रममा कुनै शारीरिक चोटपटक लागि अशक्त भएका र मृत्यु भएका सैनिकका सन्ततिका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ ।

भर्ना छनौट निर्देशनालय कार्यरथी बिभाग, जंगी अडडाका अनुसार महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।

सूचना अनुसार आवेदकले अनलाइन मार्फत फाराम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौटस्थलमा बुझाउनु पर्ने नेपाली सेनाले जनाएको छ ।

सेनाले १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फाराम भर्न मिल्ने व्यवस्था गरेको छ । बहालवाला सैनिकको हकमा भने उमेरको हदबन्दी २६ वर्ष राखिएको छ ।

फाराम भर्ने अन्तिम मिति जेठ १४ गते तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *