भेटेको मोबाइलबाट अश्लिल तस्बिर पोस्ट, युवक पक्राउ – Nepal Press

भेटेको मोबाइलबाट अश्लिल तस्बिर पोस्ट, युवक पक्राउ

काठमाडौं। भेटेको मोबाइलमा लग इन रहेका सामाजिक सञ्जाल अश्लिल तस्बिर, भिडियोलगायत सामग्री पोस्ट गर्नुका साथै विभिन्न व्यक्तिलाई पठाएको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार एक युवतीको हराएको मोबाइलबाट त्यस्ता सामग्री पठाइएको थियो।

बुधबार ब्युरोले घटनाको अनुसन्धान पश्चात रोल्पाको सुनिल स्मृती गाउँपालिका-५ का २२ वर्षीय ओमप्रकाश महरालाई पक्राउ गरेको छ। काठमाडौं जिल्ला अदालतबाट ७ दिनको थुना म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *