कोभिड महामारीमा ‘फ्रन्टलाइन सेवा’मा खटिएकी रमिता अधिकारी पदकबाट विभुषित
नेपाल प्रेस
२०८० वैशाख ७ गते १२:२२
काठमाडौं । कोभिड महामारीको बेला फन्टलाइनमा रहेर नागरिकको सेवा गरेबापत सरकारले स्वास्थ्यकर्मी रमिता अधिकारी (तिमल्सिना)लाई पदक प्रदान गरेको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपतिले स्वास्थ्यकर्मी अधिकारीलाई जनसेवा श्र पाँचौ पदकबाट विभुषित गरेका हुन् । केएमसी अस्पतालमा कार्यरत अधिकारी कोभिड महामारीको बेला उत्कृष्ट सेवा गर्ने पाँचजना नर्समध्येमा परेकी थिइन् ।
नेपाल बेसवल तथा सफ्टबल संघकी उपाध्यक्ष समेत रहेकी अधिकारीलाई पदकका लागि सरकारले सिफारिस गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर