रमादनको क्रममा भागदौड हुँदा यमनमा ८५ जनाको मृत्‍यु – Nepal Press

रमादनको क्रममा भागदौड हुँदा यमनमा ८५ जनाको मृत्‍यु

काठमाडौं । यमनको राजधानी सान्नामा रमादानको अन्तिम दिन आर्थिक सहायता वितरणको कार्यक्रममा भागदौड हुँदा ८५ जनाभन्दा बढीको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् ।

घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । सन् २०१५ मा हुथी विद्रोहीले सरकारलाई अपदस्थ गरेदेखि नै उक्त शहर हुथी सेनाको नियन्त्रणमा छ । आर्थिक सहयोग वितरण कार्यक्रम हुथी सेनाको अनुमतिविना आयोजना गरेको बताइएको छ ।

हुथी सेनाको मातहातमा रहेको गृहमन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार स्थानीय अधिकारीहरूसँग समन्वय नगरी कार्यक्रम आयोजना गरिएको कारण उक्त घटना घटेको हो । एसोसिएटेड प्रेसले दुई प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै जनाएअनुसार हुथी सैनिकले भिडलाई नियन्त्रण गर्नका निमित्त हवाई फायर गरेसँगै बिजुलीको लाइनमा विस्फोट भएपछि भागदौड सुरू भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *