एकदिनमै उजुरी छानबिनदेखि बढुवासम्म, एसएसपीबाटै अवकाश हुनबाट जोगिए खनाल – Nepal Press

एकदिनमै उजुरी छानबिनदेखि बढुवासम्म, एसएसपीबाटै अवकाश हुनबाट जोगिए खनाल

काठमाडौं । गृहमन्त्री नाराणकाजी श्रेष्ठले बुधबार नेपाल प्रहरीका १३ वरिष्ठ उपरिक्षक-एसएसपीलाई नायब महानिरिक्षक-डीआईजीमा बढुवा गरेका छन् ।

उजुरी गर्ने म्याद सकिएको भोलीपल्टै सिफारिस भएका १३ जना एसएसपी डीआईजीमा बढुवा भएका हुन् ।

बढुवा सिफारिसविरुद्ध उजुरी परेपनि उजुरी सुन्ने लोक सेवा आयोगले एक दिनमै छिनोफानो गरेपछि सोही दिनै गृहमन्त्री श्रेष्ठले बढुवा गरेका हुन् ।

बुधबार बढुवा नभएको भए विकाशराज खनाल मध्यरातदेखि अवकाशमा जाने थिए । एसएसपीको ५५ वर्षे उमेर हदका कारण उनी अवकाशमा जाँदै थिए ।

तर उजुरी सुन्ने समितिले फास्ट ट्रयाकमा निर्णय गरेपछि उनी पनि डीआईजी बनेका छन् ।

प्रतिक्रिया

One thought on “एकदिनमै उजुरी छानबिनदेखि बढुवासम्म, एसएसपीबाटै अवकाश हुनबाट जोगिए खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *