रविले गरेको ठेक्का सम्झौता रद्दबारे प्रधानमन्त्रीको टिप्पणी- कुरा गम्भीर छ, ठूला गफ हाँक्नेको असलीयत बाहिर आउँदैछ (भिडिओ) – Nepal Press

रविले गरेको ठेक्का सम्झौता रद्दबारे प्रधानमन्त्रीको टिप्पणी- कुरा गम्भीर छ, ठूला गफ हाँक्नेको असलीयत बाहिर आउँदैछ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेले गृहमन्त्री भएका बेला गरेको ठेक्का सम्झौता रद्द गर्नुको पछाडि गहिरो कुरा रहेको भन्दै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न आफूले सो निर्णय लिएको बताएका छन् ।

तनहुँमा आयोजित गठबन्धनको उपचुनावसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने आफूहरूले देखेको बताए ।

प्रधानमन्त्रीले भने, ‘हामीले हिजोमात्रै क्याबिनेटबाट निर्णय गरेका छौं । यो सामान्य निर्णय होइन, कुरा गहिरो छ बुझ्नु होला । ठूला गफ हाँक्नेको असलीयत के हो भन्ने हामीले देखेका छौं । यो सरकारले सुशासनमा गम्भीर कदम चालेको छ ।’

सरकारले लामिछानेले गरेको ठेक्का सम्झौता रद्दा गर्दै छानबिन समिति गठन गरेको छ । अख्तियारले पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सो सम्झौताको छानविन थालेको सन्दर्भमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

चुनावी सभामा प्रधानमन्त्री प्रचण्डले गोविन्द भट्टराईलाई जिताएर पठाए तनहुँमा विकासको मूल फुटाइने भन्दै रास्वपारूपी खहरे खोला सुक्नेवाला रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर