अनुशासन सैनिक पेशाको मुख्य शक्ति र धर्म हो: प्रधानसेनापति शर्मा – Nepal Press

अनुशासन सैनिक पेशाको मुख्य शक्ति र धर्म हो: प्रधानसेनापति शर्मा

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सैनिक आचारसंहिताको पालना नै सैनिक पेशाको मुख्य शक्ति र धर्म रहेको बताएका छन् ।

सैनिक मर्यादा, अनुशासन र सदाचारबारे प्रशिक्षित गर्न हरेक वर्षको वैशाख पहिलो साता आयोजना हुने गरेको सैनिक आचारसंहिता कार्यक्रमको समापनमा बोल्दै प्रधान सेनापति शर्माले चेन अफ कमान्डलाई पालना गरी सैनिक विशिष्टता कायम राख्न निर्देशन दिए ।

उनले हरेक सिपाहीले सैनिक आचरणहरुको निरन्तर स्मरण र पालना गर्नु नै सैनिक धर्म र कर्म रहेको उल्लेख गरे ।

सोमबार सुरु भएको कार्यक्रममा नेपाली सेनाको मूल्य मान्यताहरु, परम्परा तथा शिष्टाचार, सामाजिक सञ्जाल प्रयोग, विभिन्न भेटघाट तथा अभिव्यक्ति, आर्थिक कारोबार तथा बजेटलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *