कित्ताकाट खोल्ने सरकारको निर्णयले कृषि भूमि समाप्त पार्ने सांसद सरस्वतीको चिन्ता (भिडिओ) – Nepal Press

कित्ताकाट खोल्ने सरकारको निर्णयले कृषि भूमि समाप्त पार्ने सांसद सरस्वतीको चिन्ता (भिडिओ)

काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले यथास्थितिमा जग्गाको कित्ताकाट खोल्दा जमिनको खण्डिकरण बढ्ने भन्दै सरकारको पछिल्लो निर्णय सच्याउन आग्रह गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जग्गाको कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारलाई आग्रह गरेकी हुन् ।

भूमि अधिकारकर्मीसमेत रहेकी सुब्बाले भनिन्, ‘कित्ताकाट रोक्का गरिएपछि धेरै स्थानीय तहले भूउपयोग योजना तर्जुमा गर्न लागेका थिए । यसैबेला पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेश विपरित छ । यसले जमिनको खण्डीकरण बढाउँछ । कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ ।’

सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकबाट जग्गाको कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको थियो । सरकारले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै पुरानै अवस्थामा जग्गाको कित्ताकाट खुल्ला गरेपछि एमाले सांसद सुब्बाले विरोध जनाएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर