घनश्यामको चिन्ता- नक्कली पासपोर्टमा दोषी ठहर भएकाहरू नेता बनेर उनीहरूकै पूजा भइरहेको छ (भिडिओ) – Nepal Press

घनश्यामको चिन्ता- नक्कली पासपोर्टमा दोषी ठहर भएकाहरू नेता बनेर उनीहरूकै पूजा भइरहेको छ (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै नक्कली पाससोर्टमा दोषी ठहर भएका व्यक्ति सडकमा हिरो भएर हिँडिरहेको टिप्पणी गरेका छन् ।

पार्टी निकट विद्यार्थी अनेरास्ववियूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अहिल राजनीति भाडिएको बताए ।

उनले भने, ‘अहिले कोसँग फुट्छ र को कोसँग मिल्छ भन्न सक्ने अवस्था छैन । कांग्रेससँग मिलेर गठबन्धन गरेर समाजवाद ल्याउने कुरा गर्छौ भनेर हामीलाई प्रश्न सोध्ने ठाउँ छ । अर्कोतिर कम्युनिष्ट पार्टीको झण्डा टाँगेर राप्रपासँग गठजोड गरेर हिँडेको छ । अरु दक्षिणपन्थीहरूसँग मिलेर हिँडेको छ । अस्ति भर्खरै नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडेका छन् । तीनिहरूसँग गठबन्धन भएको छ । पूजा भइरहेको छ ।’

नक्कली पासपोर्टदेखि अनेक अपराधमा दोषी भनिएका मान्छे थोरै दिन राज्यमा पुग्दा पनि लुट मच्चाएको भुसालले आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर