उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लैजान राष्ट्रपति पौडेललाई अस्पतालबाट निकालियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजान त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ । उनलाई त्रिभुवन विमानस्थलबाट दिल्ली लैजान अस्पतालबाट निकालिएको हो ।
स्वास्थ्यमा सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि श्री एअरलाइन्सको एयर एम्बुलेन्सबाट भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) अस्पतालमा लैजान लागेको हो । अस्पतालबाट निकालेर एयरपोर्ट लगिएको राष्ट्रपति सचिवालयका सदस्यले नेपालप्रेसलाई बताए ।
बिहान साढे ९ बजे भारत प्रस्थान गरिसक्ने भनिएपनि केही ढिलो भएको राष्ट्रपति सचिवालयले जनाएको छ । परिवारको आग्रहमा उनलाई थप उपचारका लागि भारत लैजान लागेको हो ।
महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनी मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
केही दिनअघि पनि पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।
दक्षिणपन्थी राजनीतिको चरित्र राज्य कमजोर बनाउने नै हो। डा. रामवरण यादव राष्ट्रपति हुँदा पनि विदेश उपचारको मोह थियो अहिले रामचन्द्र पौडेल पनि त्यही पथमा देखियो जबकि विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा यस्ता समाचार नै आएन। अब देशभक्त तथा वामपन्थी शक्तिहरूललाई बलियो बनाउनु पर्ने भईसक्यो र देशका अस्पतालहरू राम्रा बनाउनु पर्ने भो।