चितवन र तनहुँमा नेसपाको समर्थन कांग्रेसलाई, बारा २ को निर्णय गर्ने जिम्मा प्रदेशलाई – Nepal Press

चितवन र तनहुँमा नेसपाको समर्थन कांग्रेसलाई, बारा २ को निर्णय गर्ने जिम्मा प्रदेशलाई

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले वैशाख १० को उपनिर्वाचनमा नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय सुविधानगरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चितवन २ र तनहुँ १ को निर्वाचनमा कांग्रेसलाई सघाउने निर्णय गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा नेसपालाई प्रेषित पत्रमाथि गम्भीर छलफल गरी कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेको जनाइएको छ । यस्तै, बारा २ मा गठबन्धनभित्रैबाट एकभन्दा बढी उम्मेदवार भएकाले त्यहाँको निर्णय गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको छ ।

बारा २ मा गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एस, लोसपाले जसपाका उपेन्द्र यादवलाई सघाउने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर