अमेरिकामा गोप्य प्रहरी कार्यालय सञ्चालन गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ – Nepal Press

अमेरिकामा गोप्य प्रहरी कार्यालय सञ्चालन गरेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । चीनले अमेरिकामा गोप्य प्रहरी कार्यालय सञ्चालन गरिरहेको आरोपमा म्यानहेटनबाट दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ६१ वर्षीय लु जियानवाङ र ५९ वर्षीय चेन जिनपिङ रहेका छन् ।

उक्त कार्यालयमार्फत उनीहरुले चिनियाँ सरकारको आलोचना गर्ने चिनियाँ नागरिक र प्रवासीमाथि नजर राख्ने तथा धम्क्याउने गरेको रिपोर्टमा उल्लेख छ । लु र चेन अहिले धरौटीमा रिहा भएका छन् । यद्यपि उनीहरुमाथि लगाइएको आरोप सत्य सावित भएमा दुवै चिनियाँ नागरिकलाई २५ वर्षको जेल सजाय हुन सक्नेछ ।

बीबीसीका अनुसार चीनले बेलायत र नेदरल्याण्डलगायत विश्वका ५३ देशमा १०२ वटा यस किसिमका प्रहरी सञ्चालन गर्दै आएको छ । गत मार्चमा क्यानडाले पनि दुई संदिग्ध पुलिस पोस्टहरूमा अनुसन्धान गर्ने घोषणा गरेको थियो ।

यसबाहेक अमेरिकाले चीनको सार्वजनिक सुरक्षा मन्त्रालयका ३४ जना अधिकारीलाई पनि चिनियाँ नागरिकलाई धम्की दिने र नक्कली सामाजिक सञ्जाल अकाउन्टमार्फत चिनियाँ सरकारको प्रचार गर्ने गरेको आरोप लगाएको छ ।

यस सन्दर्भमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले अमेरिकाले आफ्नो वर्चस्व कायम राख्न चिनियाँ नागरिकमाथि मनगढन्ते आरोप लगाएको दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *