अर्थमन्त्री डा. महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता – Nepal Press

अर्थमन्त्री डा. महतसँग संयुक्त राष्ट्रसंघका प्रतिनिधिको भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन)का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतसँग मन्त्री डा. महतको भेट भएको हो ।

भेटमा डा. महतले नेपालको अर्थतन्त्रको वर्तमान समसामहिक अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा नेपालमा लगानीको प्राथमिकताकाबारेमा चर्चा गरेका थिए । यूएनकी अर्मिदाले नेपालको आर्थिक अवस्थाकोबारेमा चासो राखेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर